Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • मन्त्रीलाई चुनावमा प्रचारप्रसार गर्न रोक लगाउने आचारसंहिता तत्काल हटाउन नेता श्रेष्ठको माग

    मन्त्रीलाई चुनावमा प्रचारप्रसार गर्न रोक लगाउने आचारसंहिता तत्काल हटाउन नेता श्रेष्ठको माग

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 798
    SHARES

    काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनावमा प्रचारप्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता तत्काल हटाउन निर्वाचन आयोगसँग माग गरेका छन् ।

    बहुदलीय राजनीतिक प्रणालीमा नेताहरु नै मन्त्री हुने हुनाले उनीहरुले निर्वाचनको प्रचारप्रसार गर्न नमिल्ने भन्ने कुरा नहुने उल्लेख गर्दै सो प्रावधान तत्काल हटाउन निर्वाचन आयोगसँग उनको माग छ ।



    सोमबार सिंहदरवारमा बसेको राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले निर्वाचन आयोगले राज्यको स्रोत-साधनको दूरुपयोग हुन नदिन भने निर्वाचन आचारसंहिता कडाईका साथ लागू गर्नुपर्ने स्पष्ट पारे।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार