काठमाडौं। विश्वका विभिन्न मुलुकबाट एकैदिन अरू ४ हजार ८२५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ६६ हजार ३७४ पुगेको छ।
३० लाख १ हजार १३६ जनाको उपचार भइरहेकोमा ५३ हजार ७२४ जनाको अवस्था गम्भीर छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शनिबार विहान ५ बजेसम्म १ लाख ७२ हजार ५३१ जनाको मृत्यु भएको छ ।
१९ लाख ८६ हजार ८९१ जना संक्रमित भएकोमा ९ लाख ६३ हजार १४६ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २१ हजार ९३९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २० लाख १० हजार ९१३ पुगेको छ । त्यसमध्ये ६ लाख ४६ हजार २५० जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरुमा २९ हजार ६६५ जनाको मृत्यु भएको छ । १० लाख ८० हजार ४३४ जना संक्रमित भएकोमा ६ लाख ५१ हजार ४०७ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरुमा ३८ हजार १५४ जनाको मृत्यु भएको छ । ७ लाख ९७ हजार ८६८ जना संक्रमित भएकोमा ३ लाख २७ हजार ८२९ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरुमा ३ हजार ९४५ जनाको ज्यान गएको छ भने १ लाख ३७ हजार ५४४ जना संक्रमित छन् । संक्रमितमध्ये ५८ हजार १९६ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृत्यु भएको छ । ८ हजार ७८२ जना संक्रमित भएकोमा ८ हजार १६४ जना संक्रमणमुक्त भएका छन् ।
विश्वका विभिन्न मुलुकबाट एकै दिन ७७ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भइ घर फर्किएका छन् ।
शुक्रबार विहान ७ बजेसम्म विश्वका विभिन्न मुलुकमा २५ लाख ७९ हजार ५३४ जना मानिस संक्रमणमुक्त भएकोमा शनिवार विहान ५ बजेसम्म २६ लाख ५६ हजार ६४३ जना संक्रमण मुक्त भएका छन् । अर्थात ७७ हजार १०९ जना संक्रमणमुक्त भएका छन् ।
५ महिनादेखि फैलिएको महामारीबाट अहिलेसम्म २१३ मुलुक र २ पानीजहाजमा गरी ६० लाख २३ हजार १५३ जना संक्रमित भएको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा १ लाख २२ हजार २४३ जना नयाँ संक्रमित थपिएका छन् ।
Leave a Reply