Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • गठबन्धन बैठक : लन्च ब्रेकपछि नेताहरु फेरि जुटे छलफलमा

    गठबन्धन बैठक : लन्च ब्रेकपछि नेताहरु फेरि जुटे छलफलमा

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 792
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक बिहानदेखि बालुवाटारमा चलिरहेको छ ।

    आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठबन्धनको बैठक जारी छ ।



    नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता बैठकमा सहभागी छन् ।



    आजको बैठकमा शीर्ष नेताका साथै ११ सदस्यीय कार्यदलका सदस्य पनि सहभागी रहेका छन् । बिहानी बैठक ८ बजेदेखि दिउँसो १२ बजेसम्म चलेको थियो ।

    लन्च ब्रेकपछि दिउँसो २ बजेबाट पुनः बैठक सुरु भएको हो । बालुवाटार स्रोतका अनुसार अधिकांश नेताले बालुवाटारमै लञ्च गरेका थिए । केही नेता आफ्नो निवासमा गरेर लञ्च गरेर पुनः बालुवाटार फर्किएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार