Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • नेपाली साहित्यिक कृतिहरूलाई विश्वसामु चिनाउन आवश्यक छः राष्ट्रपति भण्डारी

    नेपाली साहित्यिक कृतिहरूलाई विश्वसामु चिनाउन आवश्यक छः राष्ट्रपति भण्डारी

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताएकी छन् ।

    सोमवार काठमाडौंमा राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरूलाई पुरस्कार वितरण गर्दै उनले यस्तो बताएकी हुन् ।



    उनले परापूर्व कालदेखिका ज्ञानग्रन्थ र विज्ञानको महत्वलाई उजागर गर्न आवश्यक रहेको बताइन् ।



    उनले नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिहरूलाई संकलन गरी बाहिर ल्याउनुपर्ने आवश्यक रहेको बताइन् ।

    राष्ट्रपति भण्डारीले नेपाली सिर्जनाहरू पनि विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्नसक्छन् भन्ने कुरालाई अनुवादमार्फत विश्वसामु पुर्‍याएर प्रमाणित गर्नु आजको आवश्यक्ता रहेको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार