काठमाडौं । प्रहरीको भेषमा फोन लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं महानगरपालिका ३१ कात्यायनी मन्दिर नजिकै कपिल श्रेष्ठले सञ्चालन गरेको के एस मोबाइल सपबाट मोबाइल फोन लुटपाट गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी ६ घर भई हाँडीगाउँ बस्ने ४१ वर्षीय बालसुन्दर सापकोटा र एकै ठाउँ बस्ने ४० वर्षका अर्जुन कार्की रहेका छन् ।
उनीहरूले अनलाइनमार्फत आई फोन किन्ने भनी बोलाएर नक्कली पेस्तोल देखाई ३ थान आई फोन लुटेर फरार भएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले नक्कली पेस्तोल, त्यसको गोली ५ थान र लुटिएको मोबाइल सेटसमेत बरामद गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply