Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर

    माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 822
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिका-१६, बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको छ ।

    गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजरमार्फत भत्काउने काम भइरहेको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।



    महानगरभित्र निर्माण भएका अनधिकृत संरचनाबारे महानगरको टोलीले दैनिक अनुगमन गरिरहेको पाण्डेले बताए ।



    माछापोखरीस्थित गुणस्तर विभाग र किरियापुत्री भवन आसपास रहेका अवैध संरचना हटाउने तथा मापदण्ड मिचेर सञ्चालनमा रहेका व्यापारिक स्थान खाली गराउने महानगर प्रहरीले जनाएको छ ।

    यसअघि सुरुमा सुनधारास्थित काठमाडौं मल र सो क्षेत्रका अवैध संरचना तथा व्यवसाय हटाएको महानगरले न्युरोड, असन, बानेश्वर, बालाजुको नयाँ बसपार्क, कोटेश्वर, गौशाला लगायत क्षेत्रमा अवैध संरचना हटाइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार