Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • महिला उम्मेदवार ३३ प्रतिशत हुनुपर्ने प्रस्ताव स्वीकृत हुन बाँकी

    महिला उम्मेदवार ३३ प्रतिशत हुनुपर्ने प्रस्ताव स्वीकृत हुन बाँकी

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 843
    SHARES

    काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राजनीतिक दलले ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने गरि निर्वाचन ऐन संशोधन प्रस्ताव तयार भएको छ ।

    राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ३३ प्रतिशत महिला उम्मेदवार हुनै पर्ने व्यवस्थासहित ऐन संशोधन भएको र स्वीकृत हुन बाँकी रहेको बताएका हुन् ।



    उनले भने, ‘हामी यही चुनावबाटै लागू होस् भन्ने चाहना राख्छौ । यहाँहरूले ५० प्रतिशत हुनुपर्छ भनिरहेको ३३ प्रतिशत किन ? भन्नुहोला।’



    प्रमुख आयुक्त थपलियाले अब उम्मेदवारले खर्च गर्न पाउने रकम पनि निर्वाचन क्षेत्र अनुसार फरकफरक हुनसक्ने बताए । उनले अहिले खाका तयार गरिरहेको भन्दै छिट्टै स्वीकृत हुने जानकारी गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार