Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • प्रदेशसभा समानुपातिकका लागि मतपत्र छपाइ सुरु

    प्रदेशसभा समानुपातिकका लागि मतपत्र छपाइ सुरु

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 837
    SHARES

    काठमाडौं । प्रदेशसभाको समानुपातिकको मतपत्र छपाइ कार्य सुरु भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् ।

    राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा बोल्दै थपलियाले समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सुरु भएको बताएका हुन् ।



    प्रमुख आयुक्त थपलियाले आइतबारबाट नै प्रदेशसभा समानुपातिकतर्फका लागि मतपत्र छपाइ कार्य सुरु भइसकेको बताए ।



    उनले प्रदेशसभा समानुपातिकका लागि उम्मेदवार दिने दलहरूको मात्रै चिह्न राखेर मतपत्र छाप्नका लागि समय अभाव हुने भएकाले दर्ता भएका दलहरूको चुनाव चिह्न राखेर मतपत्र छपाईको कार्य सुरु भएको बताए ।

    प्रत्येक प्रदेश अनुसार फरक-फरक मतपत्र छपाइ हुने उनले बताए । जुन प्रदेशमा जति दलहरूले निर्वाचनमा सहभागिता जनाउने भनेर दर्ता भएका छन् त्यति दलहरूको मात्रै चुनाव चिह्न राखेर मतपत्र छपाइको काम सुरु भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार