Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी

    विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    दाङ । विषालु च्याउ खाँदा दाङको तुलसीपुरमा एकै घरका पाँच जना बिरामी भएका छन् ।

    आइतबार राति घर नजिकै परालमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी भएका हुन् ।



    इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बिरामी हुनेमा तुलसीपुर–१६ ललौराका ३४ वर्षका विनोद चौधरी, ३४ वर्षकी वसन्ता चौधरी, १६ वर्षकी कोपिला चौधरी, १२ वर्षकी प्रभा चौधरी र ५५ वर्षका माघे चौधरी रहेका छन् ।



    च्याउ खाएलगत्तै लगातार बान्ता हुन थालेपछि उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो ।

    त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका उनीहरुलाई बाँकेको नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार