Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • चुनावी सरगर्मी बढ्यो, जिल्ला दौडाहामा शीर्ष नेता

    चुनावी सरगर्मी बढ्यो, जिल्ला दौडाहामा शीर्ष नेता

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 810
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेता जिल्ला दौडाहा सुरु भएको छ । जिल्ला पुगेर उनीहरू चुनावी कार्यक्रममा सहभागी हुँदै आफ्ना दलबाट उम्मेदवार हुने नेतालाई विजयी बनाउने रणनीति बनाउन थालेका छन् । ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा हुँदै छ ।

    निर्वाचन आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ । नेपालीहरूको महानपर्व दसैं, दीपावली, छठ पर्व सकिएलगतै हुने निर्वाचनका लागि मतदाता रिझाउन राजनीतिक दलका नेता यतिबेला जिल्ला पुग्न थालेका हुन् ।



    विभिन्न पार्टीका शीर्ष नेता जिल्लास्थित चुनावी बैठक, सभा, प्रशिक्षणलगायतका कार्यक्रममा सहभागी भइरहेका छन् । उम्मेदवारका आकांक्षी जनताबीच पुग्ने तथा उनीहरूसँग नजिक हुँदै रिझाउने काममा लागेका छन् । पार्टीका शीर्ष नेताहरू चुनावी कार्यक्रममा सहभागी हुने, विभिन्न पार्टीका असन्तुष्ट नेतालाई पार्टीमा भित्र्याउने र विपक्षी दलका नेताहरूको आलोचना गर्नमा व्यस्त भएको देखिन्छ ।



    नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष गत साता झापा, मोरङ, सुनसरीसहितका जिल्लामा पुगेर चुनावी कार्यक्रममा सहभागी भए । ती जिल्लाको कार्यक्रममा सहभागी भएका अध्यक्ष ओलीले विपक्षी पाँच दलीय गठबन्धनको चर्को आलोचना गर्नुका साथै एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रहसमेत गरेका छन् ।

    काठमाडौं फर्किसकेका ओली अहिले उम्मेदवारको अन्तिम नामावली टुंगो लगाउने तथा घोषणापत्रलाई अन्तिम रूप दिने आन्तरिक गृहकार्यमा जुटेका छन् । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पार्टी अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरू जिल्लास्थित विभिन्न कार्यक्रममा सहभागी भइरहेको बताए ।

    नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा अरू नेताजस्तो जिल्लाको कार्यक्रममा पुग्न सकेका छैनन् । देउवा काठमाडौंकै विभिन्न बैठक तथा कार्यक्रममा व्यस्त रहेका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार