Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • यस्ताे छ ओलीको अप्रेशनमा खटिएकाे चिकित्सककाे टाेली

    यस्ताे छ ओलीको अप्रेशनमा खटिएकाे चिकित्सककाे टाेली

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    काठमाडाैं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण तथा उपचारमा दर्जन बढी विशेषज्ञ चिकित्सक खटिएका छन्। त्रिवि शिक्षण अस्पतालका अनुसार प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्राडा उत्तम कुमार शर्मा, प्राडा प्रेम ज्ञवाली, भारतीय चिकित्सक प्राडा अनन्तकुमारलगायतको टोली खटिएको थियो ।

    त्यस्तै मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्राडा दिव्यासिंह शाह, डा महेश सिग्देल, डा मुकुन्द काफ्ले, डा नवीन नेपालीलगायतको टोली सहभागी रहेको थियो ।



    यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा अनिल श्रेष्ठ र प्राडा सुवास कर्माचार्य लगायतको टोलीले सहयोग गरेको थियो । अस्पतालका कार्यकारी निर्देशन प्रेम कृष्ण खड्गाले ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको बुधबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।



    बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन्। भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको शरीरमा प्रत्यारोपणपछि काम गर्न थालेको छ ।

    ‘प्रधानमन्त्रीको शरीरमा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको छ’, ती चिकित्सकले भने, ‘नयाँ मिर्गौलाले काम गर्न थालेको छ। प्रधानमन्त्रीले पिशाव पनि फेर्नुभएको छ।’

    त्यस्तै ओलीका सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको पनि खड्गाले जानकारी दिए । उनलाई प्रत्योरापण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइने पनि चिकित्सकहरुले बताएका छन् । अहिले प्रधानमन्त्रीलाई प्रत्योरोपण उपचार कक्षमा राखिएको छ भने उनको अबको उपचार प्रक्रिया कसरी अघि बढाउने भन्नेमा चिकित्सकहरुबीच गम्भीर छलफल समेत भएको छ ।

    प्रा डा उत्तमकुमार शर्मा र प्रा डा प्रेम ज्ञवाली, भारतीय चिकित्सक अनन्तकुमालगायतको टोलीबीच छलफल भएको हो ।

    प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। अस्पतालभित्र शल्यक्रिया भइरहँदा बाहिर नेकपाका नेता कार्यकर्ता, शुभचिन्तक र सर्वसाधरण प्रधानमन्‍त्रीको सफल शल्यक्रिया र स्वास्थ्यलाभको कामना गरिरहेका छन्। प्रधानमन्‍त्रीको तस्बिर अंकित प्लेकार्ड प्रदर्शन गरिएका छन्। अस्पतालका अनुसार प्रधानमन्त्रीलाई एउटा मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको अवस्था सामान्य रहेको छ ।

    स्रोतका अनुसार ४ दिनसम्म उनको स्वास्थ्य अवस्था ‘रिस्क जोन’ मै रहने भएकाले चिकित्सकको विशेष निगरानीमा उपचार गर्न चिकित्सकहरुले विशेष योजना बनाएका हुन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार