Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • छाउनीको १५ रोपनी जग्गा नेपाल ट्रष्टको होइन, प्रेरणाकै हो : चोलेन्द्र

    छाउनीको १५ रोपनी जग्गा नेपाल ट्रष्टको होइन, प्रेरणाकै हो : चोलेन्द्र

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल ट्रष्ट र पूर्वअधिराजकुमारी प्रेरणा शाह जोडिएको छाउनीको १५ रोपन जग्गा प्रेरणाकै भएको दावी गरेका छन् ।

    महाभियोग सिफारिस समितिमा बयानका क्रममा जबराले त्यो जग्गा राजा विरेन्द्रले अपुताली स्वरुप पाएकाले निजी सरह हुने बताएका हुन् ।



    मालपोत कार्यालयमा पास गर्ने अन्तिम चरणमा रोकिएको र विवाद भएको भन्दै जबराले त्यसलाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् । तत्कालीन राजाको दुई प्रकारको जग्गा रहेको भन्दै उनले सार्वजनिक सम्पत्ति मात्रै राष्ट्रियकरण भएको दावी गरे ।



    उनले आफू प्रधानन्यायाधीश भएपछि समेत सर्वोच्च अदालतमा प्रेरणाको तर्फबाट रिट निवेदन दर्ता भएको तर त्यसमा आफ्नो कुनै भूमिका नभएको दावी गरे

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार