काठमाडौं । अमरदीप बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको दरबारमार्गमा कार्यालय रहेको संस्थाको साधारणसभा शनिबार सम्पन्न भएको हो ।
साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष विक्रमराज गिरीले गरेका थिए भने राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले प्रमुख आतिथ्यता गरेका थिए ।
२०७९ असार मसान्त सम्म कुल ८६३ जना सदस्यबाट १ करोड १५ लाख ६१ हजार ५ सय ७७ रुपैयाँ २६ पैसा शेयरपुँजी, ५ करोड ६० लाख ४४ हजार ९ सय ३० रुपैया ६४ पैसा बचत संकलन तथा ६ करोड १९ लाख ३२ हजार ३७५ रुपैयाँ ९९ पैसा ऋण परिचालन गरी रु. २४ लाख ६ हजार ११५ रुपैयाँ ५७ पैसा खुद नाफा आर्जन गरेको जनाइएको छ ।
संस्थाको प्रगति प्रतिवेदन अध्यक्ष गिरीले प्रस्तुत गरेका थिए भने चालू आ.व.२०७९/८० को नीति तथा कार्यक्रम र बजेट संस्थाकी कोषाध्यक्ष निर्मला थपलिया पन्तले प्रस्तुत गरेकी थिइन् ।
उक्त अवसरमा संस्थाका उत्कृष्ट बचतकर्ता, असल ऋणी, तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मानित गरिएको थियो ।
Leave a Reply