Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • रेनोको दसैंँ–तिहार लक्षित “रेनो उत्सव”

    रेनोको दसैंँ–तिहार लक्षित “रेनो उत्सव”

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 888
    SHARES

    काठमाडौं । रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले “चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ” नारा सहित चाडपर्व लक्षित “रेनो उत्सव” योजना सार्वजनिक गरेको छ ।

    यो योजना अनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरुले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, २ वर्षको लागी निःशुल्क सर्भिसिंगको साथै एक्स्चेन्ज बोनस, लोयल्टि बोनस लगायत अन्य आकर्षक अफरहरु प्राप्त गर्न सक्नेछन् ।



    यसका साथै रेनो उत्सव अन्तर्गत उपभोक्ताहरुले स्योर शट इजि फाइनान्स तथा स्पट भ्यालुएसन र एक्स्चेन्जको पनि लाभ उठाउन सक्नेछन् ।
    नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठलाई लक्षित गरेर आफ्नो उपभोक्ताहरुको चाडपर्व अझै हर्षोल्लासमय बनाउने उद्धेश्यको साथ यी अफरहरु ल्याइएको कम्पनीले जनाएको छ ।



    यो अफरसँगै नेपाली उपभोक्ताले गाडी खरिद गर्ने आफ्नो सपना सहजताका साथ साकार गर्न सक्ने कम्पनीले विश्वास लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार