Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • देवघाटमा ३० फिट अग्लो मूर्ति निर्माण हुँदै, क्षेत्र विकास समितिले जग्गा उपलब्ध गरायो

    देवघाटमा ३० फिट अग्लो मूर्ति निर्माण हुँदै, क्षेत्र विकास समितिले जग्गा उपलब्ध गरायो

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 1K
    SHARES

    चितवन । पवित्र धार्मिकस्थल देवघाटमा ३० फिट अग्लो अष्ठधातुको शिवको मूर्ति निर्माण गरिने भएको छ ।

    भरतपुर नगरपालिका–१ स्थित रोटरी करुणालय आडैमा देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले मूर्ति निर्माण गर्न लागेको हो ।



    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेका अनुसार देवघाट क्षेत्र विकास समितिले मूर्तिका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गरिसकेको ठाउँमा प्रतिष्ठानलाई मूर्ति निर्माण गर्न भनिएको हो ।



    प्रदेश सरकारले निर्माण गरेको देवघाट धामको विस्तृत अध्ययन प्रतिवेदनमा ३० फिट अग्लो अष्ट धातुको शिवको मूर्ति पनि समावेश भएकाले त्यही ठाउँमा रोटरी वृद्धाश्रम तलको नदी किनारको स्नान घाट छेउको जग्गामा मूर्ति निर्माण हुने उनले बताए ।

    मूर्ति निर्माणमा रु छ करोड खर्च हुने अनुमान रहेको छ । मूर्तिको उचाइ ३० फिटको हुनेछ भने मोटाइ आठ फिटको रहने छ ।

    मूर्ति निर्माणमा तीन हजार केजी तामा, दुई हजार केजी पित्तल, दुई सय केजी जस्ता, २५ केजी काँस, ३० केजी सिसा, चाँदी पाँच सय ग्राम, सुन पाँच सय ग्राम, फलाम १० केजी प्रयोग हुने अध्यक्ष सिलवालले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार