Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक जारी

    प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक जारी

    अनलाइन नेपाल
  • शनिबार, २५ भाद्र २०७९
  • 891
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । कार्यदलसहितको बैठकमा सिट बाँडफाँटलगायतका विषयमा छलफल हुने गठबन्धन स्रोतले जनाएको छ ।

    कार्यदलले आफ्नो प्रतिवेदन बुझाइ सकेको छ, सोही प्रतिवेदनमाथि छलफल गरेर सिट बाँडफाँटको टुङ्गो लगाउन गठबन्धनको बैठक बसिरहेको छ ।



    सिट बाँडफाँटका लागि गठन गरिएको कार्यदल फिल्डमै गएर पार्टीहरूको अवस्था बारे अध्ययन गरेको थियो । अध्ययनको आधारमा कार्यदलबीच छलफल भए पनि सबै सिटमा सहमति नहुन सकेन ।



    प्रतिनिधिसभाको १६५ सिटमध्ये ९० सिटमा मात्र सहमति भएको छ । ७५ सिटमा विवाद देखिएको छ । सोही विवादलाई शीर्ष नेताहरूले टुङ्गो लगाउने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार