एजेन्सी । अमेरिकाको न्यूयोर्कमा पोलियोका कारण आपतिकालको घोषणा गरिएको छ । पोलियोको संक्रमण तीव्र रुपमा फैलन थालेपछि आपतकालको घोषणा गरिएको हो ।
स्वास्थ्य अधिकारीहरुले न्यूयोर्क शहर र अन्य चार काउन्टीहरुमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको बताएका छन् ।
हालसम्म एक जना मात्र पोलियोका संक्रमित फैला परेपनि संक्रमण फैलन नदिन सावधानी अपनाइएको अधिकारीहरुले जनाएका छन् । सन् १९५५ मा सुरू भएको खोपले अमेरिकाबाट पोलियो निर्मुल पारिएको थियो ।
सन् १९७९ सम्म अमेरिकालाई पोलियोमुक्त घोषणा गरिएको थियो । तर, अधिकारीहरुले न्यूयोर्कका केही भागमा पोलियोको संक्रमण फेरि देखा परेको बताएका छन् ।
Leave a Reply