Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सीमा विवाद

    परराष्ट्रमन्त्री ज्ञवालीले भने -भारतसँग औपचारिक वार्ताको मिति तय भएको छैन

    परराष्ट्रमन्त्री ज्ञवालीले भने -भारतसँग औपचारिक वार्ताको मिति तय भएको छैन

    अनलाइन नेपाल
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिम्पियाधुरा, कालापानी र लिपुलेककाे सीमा समस्याबारे भारतसँग औपचारिक वार्ताको मिति तय भइनसकेको बताएका छन् ।

    संसदको राज्य व्यवस्था समितिको बैठकमा मन्त्री ज्ञवालीले भने, ‘अहिले औपचारिक वार्ताको ठोस मिति र मोडालिटी तय भइसकेको छैन । हामी निरन्तर टचमा छौं ।’



    भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले विरोध गरेको छ भने लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नेपालको नयाँ राजनीतिक नक्सा बनाएको छ । भारतले यो नक्सा स्वीकार्य नहुने बताएको छ र कूटनीतिक संवादबाट समस्या सामाधान गर्न आग्रह गरेको छ ।



    परराष्ट्रमन्त्री ज्ञवालीले पनि वार्ताबाटै समस्या समाधान गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार