Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • सर्तकता अपनाउन आग्रह

    दार्चुलाको लास्कु खोलामा बाढी : ११ घर बगायो, चारजना बेपत्ता

    दार्चुलाको लास्कु खोलामा बाढी : ११ घर बगायो, चारजना बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, २५ भाद्र २०७९
  • 1.1K
    SHARES

    दार्चुला । दार्चुलामा खोलामा आएको बाढीले दर्जन बढी घर बगाएको छ । जिल्ला सदरमुकाम भएर बग्ने लास्कु खोलामा बाढी आउँदा ११ घर बगेका हुन् ।

    बाढीमा ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । लास्कु खोला महाकाली नदीमा मिल्ने सहायक नदी हो । बाढीले खोलामा निर्माणाधीन पक्की पुलमा क्षति गरेको छ भने झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको छ ।



    बाढीमा घाइते भएका एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । शुक्रबार रातिबाट परेको अविरल बर्षाका कारण महाकाली नदीमा बाढी आएको छ ।



    दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ। महाकाली नदीमा जलस्तर बढेर पक्की तटबन्धको माथिसम्म चढेको स्थानीयले बताएका छन् । नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीय सबैमा अनुरोध गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार