दाङ । सरकारी वकिल कार्यालयको दुई तला माथिबाट हाम फालेर भागेका थुनुवा पुनः पक्राउ परेका छन् ।
प्रहरीले म्याद थप्न लगेको बेला शौचालयको झ्यालबाट भागेका थुनुवा लक्ष्मण विश्वकर्मालाई दाङ प्रहरीले २४ घण्टा नबित्दै पुनः पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहीबार अपराह्न म्याद थपका लागि सरकारी वकिल कार्यालय लगेको समयमा विश्वकर्मा दुई तला माथिको शौचालयको झ्यालबाट हाम फालेर भागेका थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति घोराही-१७ चौघेरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २२ वर्षीय विश्वकर्मा सुन र पैसा चोरीको अभियोगमा पक्राउ परेका हुन् ।
Leave a Reply