Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • अर्काको ट्रायल दिएको आरोपमा दुईजना पक्राउ

    अर्काको ट्रायल दिएको आरोपमा दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 825
    SHARES

    पोखरा । स्कुटरको लाइसेन्स बनाउन अर्काको ट्रायल दिएको आरोपमा दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा मकवानपुर घर भई पोखरा ८ सभागृह चोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा र तनहुँ घर भइ पोखरा १७ बस्ने निरा रानाभाट रहेका छन् ।



    रानाभाटले तनहुँको भानु-२ कि मञ्जु पाण्डेको सट्टामा नक्कली परीक्षार्थी बनेर ट्रायल दिन विश्वकर्मालाई पठाएको प्रहरीले जनाएको छ ।



    उनीहरू दुवै जनामाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार