काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई हाजिर जमानीमा रिहा गरिएको छ । कोरोना संक्रमणका कारण पछि हाजिर गराउने गरी उनलाई जमानीमा रिहा गरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी उनलाई रिहा गरिएको हो ।
जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो ।
बुधबार मात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीले अनुमति दिएको थियो । नेवाः समुदायको भावनामा आँच पुर्याएको अभियोग लागेका कमेडियन सिंहलाई प्रहरीले १२ भदौमा पक्राउ गरेर थुनामा राखेको थियो ।
Leave a Reply