Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • नक्कली नागरिकता र प्रवेशपत्र बनाई अर्काको नाममा ट्रायल दिने ५ जना पक्राउ

    नक्कली नागरिकता र प्रवेशपत्र बनाई अर्काको नाममा ट्रायल दिने ५ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 945
    SHARES

    काठमाडौं । नक्कली कागजातका आधारमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिने गरेको ५ जनालाई प्रहरी पक्राउ गरेको छ ।

    भक्तपुरको मध्यपुरठिमी नगरपलिका ५ राधे–राधेस्थित इजी वे ट्रायल सेन्टरबाट उनीहरूलाई प्रहरीले पक्राउ परेको हो ।



    पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली ११ घर भई चाबहिल बस्दै आएका २० वर्षीय मनिष श्रेष्ठ, दुधौली ४ घर भई तीनकुने काठमाडौं बस्ने २० वर्षका मनिष लामिछाने, दुधौली १४ का २१ वर्षीय टुल्कुसिंह तामाङ, कालिकोट महबई १ घर भई भक्तपुर कटुन्जे बस्ने २४ वर्षका ईन्द्रबहादुर बानियाँ र गोरखा भीमसेनस्थान १ का २२ वर्षीय राजकुमार श्रीमल रहेका छन् ।



    उनीहरुको साथबाट प्रहरीले नागरिकता ७ थान, पासपोर्ट १ थान, मोबाईल ५ थान , ल्यापटप १ थान ,नक्कली नागरिकता बनाउन प्रयोग गरीने कागज पाना३४ बरामद गरेको छ ।

    त्यसैगरी प्रवेश पत्रहरु ११ थान विविध रसिदहरु २५ थान र मतदाता परिचयपत्र १थान बरामद गरिएको भक्तपुर प्रहरी वृत्तठिमिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार