Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

    राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

    बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।



    १७ वर्षीया नाबालिकाले मंगलबार सन्दीपविरुद्ध महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।



    त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको थियो ।

    पक्राउ पूर्जी जारी भएसँगै प्रहरीलाई अब सन्दीपलाई भेटेलगत्तै नियन्त्रणमा लिएर अनुसन्धान सुरू गर्ने बाटो खुलेको छ ।

    सन्दीप भने यतिबेला क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सेन्ट लुसियामा छन्। बलात्कार आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण संकलन गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार