Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • गठबन्धनका शीर्ष नेतालाई अपुरो प्रतिवेदन बुझाउदै सिट बाँडफाँड कार्यदल

    गठबन्धनका शीर्ष नेतालाई अपुरो प्रतिवेदन बुझाउदै सिट बाँडफाँड कार्यदल

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 789
    SHARES

    काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि गठन भएको कार्यदलले आज शीर्ष नेतालाई आफ्नो अपुरो प्रतिवेदन बुझाउने भएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाका शीर्ष नेताहरुलाई २ बजे छलफलका लागि बोलाएपछि प्रतिवेदन बुझाउने समय सरेको हो । प्रतिवेदन आज एक बजे बुझाउने तयारी थियो ।



    जसपाका नेताहरु राष्ट्रपति कार्यालयबाट फर्केपछि प्रतिवेदन बुझाउने बताइएको छ ।



    कार्यदलमा सबै सिटहरुमा सहमति हुन सकेन । जेजति सहमति भएका छन्, त्यही अनुसार आजै प्रतिवेदन बुझाउन लागेको कार्यदलका एक नेताले बताए ।

    साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार