काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले आज जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुसँग छलफल गर्ने भएकी छिन् ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको विषयमा केही दिनदेखि विभिन्न दलका शीर्ष नेताहरुसँग छलफल गर्दै आएकी छिन् ।
यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभा बाट पारित गरि प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीलाई पठाइएको विधेयक थप छलफल गर्न भन्दै भण्डारीले प्रतिनिधिसभामा फर्काइ दिएकी थिइन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाले पुनः त्यसलाई जस्ताको त्यस्तै पारित गरेको छ ।
राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने विषयमा दलहरूसँग परामर्श थालेकी हुन् । काँग्रेस, एमाले, माओवादी केन्द्रलगायत अन्य साना दलहरूसँग राष्ट्रपति भण्डारीले छलफल गरि सकेकी छिन् ।
नागरिकताको विषयमा छलफलका लागि आज दुई वजे छलफलका लागि बोलाइएको जसपाका कार्यकारिणी सदस्य रामसहाय यादवले बताए ।
Leave a Reply