Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • एकै मञ्चबाट गायकदेखि कलाकारसम्म खोज्ने ट्यालेन्ट हन्टको अडिसन खुल्ला

    एकै मञ्चबाट गायकदेखि कलाकारसम्म खोज्ने ट्यालेन्ट हन्टको अडिसन खुल्ला

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 804
    SHARES

    काठमाडौं । नेपालमै पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सोमा नेपाल भित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ ।

    आयोजक साईना साहारा ग्रुपले सोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताएको छ ।



    रियालिटी सो को निर्णायको रुपमा गौरी मल्ल, निर शहा, सुगम पोख्रेल रहेका छन् । साईना साहारा ग्रुपको प्रस्तुति रहेको यस सोका निर्माता टेकप्रसाद बाँस्तोला हुन् भने हरी शर्मा प्रोग्राम हेड रहेका छन् ।



    यस सोको निर्देशकमा फुर्वा शेर्पा र विष्णुबाबु पन्थ रहेका छन् । यो रियालेटी सो हरेक शनिकार र आइतबार एपिवान टेलिभिजनबाट प्रसारण हुने छ ।

    अडिसनमा सहभागी हुन चाहाने प्रतियोगीले १ मिनेटेखि ३ मिनेटसम्मको भिडियो बनाइ [email protected] मा पठाउनुपर्नेछ । अडिसन भाद्र २९ गतेसम्म खुल्ला रहने छ ।

    सोमा विजेता हुने प्रतियोगीले ५० लाखदेखि विभिन्न अवसरसम्म प्राप्त गर्ने आयोजकले जनाएको छ। योबाहेक सम्बन्धित विधामा विजेता बन्ने प्रतियोगिले फिल्म, टेलिसिरियल, म्युजिक भिडियो आदिमा पनि अवसर पाउन सक्ने आयोजकले जानकारी दिएको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार