Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • इंग्लिस प्रिमियर लिग जुन १७ बाट

    इंग्लिस प्रिमियर लिग जुन १७ बाट

    अनलाइन नेपाल
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 4.9K
    SHARES

    काठमाडौं – कोरोना भाइरसको महामारीले स्थगित भएको इंग्लिस प्रिमियर लिग (ईपीएल) यही जुन १७ देखि सुरू गरिने भएको छ । त्यसअघि कोरोना संक्रमणबाट जोगिन लिगका सबैखाले प्रक्रिया पूरा गरिनेछ ।

    जुन १७ मा दुई खेल हुनेछन्, एस्टन भिल्लाविरुद्ध सेफिल्ड युनाइटेड र म्यानचेस्टर सिटीविरुद्ध आर्सनल । दुवै खेल लिग रोकिनुअगाडि स्थगित गरिएका थिए । यी खेल सकिँदा सबै टिमले २९ चरणका खेल पूरा गर्नेछन् ।



    ९२ खेल हुन बाँकी रहँदा महामारीका कारण गएको मार्च १३ देखि रोकिएको प्रिमियर लिगका बाँकी खेल १७ जुनदेखि सुरू गर्न लागिएको हो । जुन १७ मा एस्टन भिल्ला र शेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच खेल हुने भएको छ । बन्द रंगशालमा हुने खेलहरू २१ जुनबाट पूर्ण तहमा अर्थात सबै रंगशालामा दर्शकबिना नै पूर्ववत अवस्थामा सुरू गर्ने तयारी भएको छ ।



    लिगका प्रमुख कार्यकारी रिचार्ड मास्टर्सले लिग सुरु भए पनि रंगशालामा दर्शक हुन नसक्नु सबैभन्दा दुःखद पक्ष रहेको बताएका छन् । टोटनहमका लागि खेल्ने इंग्लिस कप्तान ह्यारी किनले भने फुटबल सुरु हुनु नै ठूलो भएको बताएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार