Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, प्रतिवेदन शीर्ष नेतालाई बुझाइने

    सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, प्रतिवेदन शीर्ष नेतालाई बुझाइने

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 846
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्दै छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्न लागेको हो ।



    यसअघि बुधबार बसेको बैठक सहमतिको नजिक पुगेको र त्यसलाई अन्तिम रूप दिन बिहीबार पनि बैठक बोलाइएको कार्यदल सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।



    बैठकपछि कार्यदलले तयार गरेको प्रतिवेदन बिहीबार नै शीर्ष नेताहरूलाई बुझाइनेछ । पाँच दलीय सत्ता गठबन्धनबीच आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनमा तालेमेल गर्ने सहमति भएको छ।

    त्यसका लागि सिट बाँडफाँटसहितका विषयमा सहमति जुटाउन गत २० साउनमा कार्यदल गठन गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार