काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रतिवेदन तयार पारेको छ । आज बालुवाटारमा बसेको बैठकले प्रतिवेदन तयार गरेको हो ।
बैठकपछि संचारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता समेत रहेका कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बैठक सकिएको जानकारी दिँदै प्रतिवेदन लेख्ने विषयमा प्रवेश गरेको बताएका छन् ।
बैठक सहमतिनजिक पुगेको उनको भनाइ छ । उनले प्रतिवेदन लेखेर भोलिनै पार्टी शीर्ष नेताहरुलाई बुझाउने बताए ।
प्रतिवेदनको अन्तिम रूप भने भोलि बिहान ९ बजे बस्ने बैठकले दिने सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्कीले जानकारी दिए । तर, सिट संख्याबारे भने उनले खुलाएनन् ।
Leave a Reply