काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।
सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार १० दिन हिरासतमा बसिसकेका सिंहमाथि थप पाँच दिन म्याद थप भएको छ ।
अपूर्व क्षतिजिले नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य गरेको आरोपमा अभियन्ताले प्रहरीमा जाहेरी दिएका थिए । उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो ।
Leave a Reply