काठमाडौं । बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका-५ घर भई हाल काठमाडौंको सामाखुसीमा बस्दै आइरहेका २९ वर्षीय पुरूषोत्तम अधिकारी रहेका छन् ।
अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत महाराजगञ्जमा पठाइएको छ ।
Leave a Reply