Online Nepal
  • बुधबार, २ माघ २०८१
  • शेखर कोइराला भन्छन् – कांग्रेसले एक सय सिट लिन पहल गर्नुपर्छ

    शेखर कोइराला भन्छन् – कांग्रेसले एक सय सिट लिन पहल गर्नुपर्छ

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 927
    SHARES

    धनुषा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउँदो प्रतिनिधि सभाको चुनावमा पार्टीले एक सयभन्दा कम सिट स्वीकार गर्न नहुने बताएका छन् ।

    बुधवार जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले सत्ता गठबन्धनमा सहभागी अन्य दलसँग सहमति गरी नेपाली कांग्रेसले एक सय सिट लिन पहल गर्नुपर्ने बताए । नेता

    कोइरालाले गठबन्धनभित्र सहमति हुन अझै बाँकी रहेकाले प्रतिनिधि सभाको सिट बाँडफाँट भइसकेपछि प्रदेश सभाको सिट बाँडफाँटमा कुराकानी हुने जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार