काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरूले सामूहिक राजिनामा दिएका छन् ।
मेडिकल अफिसर डा. करण साहविरुद्ध जारी पक्राउ पुर्जी फिर्ताको माग गर्दै उनीहरूले राजीनामा दिएका हुन् ।
यसअघि इमर्जेन्सीबाहेकका सबै सेवा तथा अध्ययन अध्यापन ठप्प पारेका स्वास्थ्यकर्मीले आज उपकुलपतिसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
डा. साहलाई ‘झुटो’ ओरोपमा जारी गरिएको पक्राउ पुर्जी फिर्ता हुनुपर्ने र दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिलाउनुपर्ने मागसहित सामूहिक राजीनामा दिएको प्रतिष्ठानका फ्याकल्टी वेलफेयर कमिटी अध्यक्ष सूर्यमान लिम्बुले बताए ।
Leave a Reply