Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • राहत लिन श्रम गर्नुपर्ने

    राहत लिन श्रम गर्नुपर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 1.9K
    SHARES

    फिदिम । पाँचथरको तुम्बेवा गाउँपालिकाले लकडाउनबाट प्रभावितलाई राहत लिन श्रम गर्नुपर्ने कार्यक्रम सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाले लकडाउन प्रभावितलाई दोस्रो चरणको राहत उपलब्ध गराउन ‘कामका लागि खाद्यान्न’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

    कमजोर आर्थिक अवस्थाका तथा लकडाउनको प्रभावका कारण दैनिकी गुजार्न समस्यामा परेका गाउँपालिकावासीलाई राहत उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । यस कार्यक्रमअन्तर्गत सार्वजनिक स्थान तथा सडकको मर्मत, ग्रामीण सडकमा नाली निर्माण, सडकका खाल्डाखुल्डी पुर्नेलगायत काम तय गरिएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले जानकारी दिए । राहत लिन चाहनेले उक्त कार्यक्रमअन्तर्गत श्रम गर्न थालेपछि राहत पाउन थाल्नेछन् ।



    लकडाउनबाट प्रभावित तथा कमजोर आर्थिक अवस्थाका करिब एक हजार घरपरिवारलाई उक्त कार्यक्रममा समावेश गर्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष थापाले बताए । उक्त कार्यक्रममा लकडाउन प्रभावितमध्ये सामान्य आर्थिक अवस्थाको परिवारका एक जना तथा कमजोर आर्थिक अवस्थाको परिवारका दुई जनासम्म व्यक्तिलाई सहभागी हुने अवसर दिइनेछ । उक्त कार्यक्रममा सहभागी हुनेले दैनिक सात किलोका दरले चामल प्राप्त गर्ने गाउँपालिका अध्यक्ष थापाको भनाइ छ । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले २०० टन चामल मौज्दात राखेको उनले बताए ।



    बन्दाबन्दीको दुई महिनाभन्दा लामो समय बितिसक्दा कमजोर आर्थिक अवस्थाका गाउँपालिकावासीको जीविकोपार्जनमा समस्या परेको भन्दै गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । पाँच वडा रहेको गाउँपालिका सुक्खा र गरिबीको चपेटासँग जुधिरहेको छ । सुक्खाका कारण यहाँ स्थानीयवासीले कृषि उपज उत्पादन तथा पशुपालनको विकल्पमा विकास निर्माणमा दैनिक ज्यालादारी गर्न थालेका थिए । लकडाउनका कारण दैनिक ज्यालादारीका कामसमेत अवरुद्ध भएपछि गाउँपालिकाले श्रम गर्ने कार्यक्रम सञ्चालनमा ल्याएको हो । रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार