Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कर्मचारीलाई तलब दिन पनि विदेशीसँग माग्नुपर्ने बेला आयो : प्रधानमन्त्री देउवा

    कर्मचारीलाई तलब दिन पनि विदेशीसँग माग्नुपर्ने बेला आयो : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 831
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगबिना देश अघि बढ्न नसक्ने बताएका छन् । बुधवार निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले कर्मचारीको सहयोग बिना देशको विकास हुन नसक्ने बताए । अहिले देशको आम्दानी नहुँदा कर्मचारीहरुलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने बेला आएको बताए ।  प्रधानमन्त्री देउवाले राजनीतिक दलहरु अस्थायी सरकार भएको समेत बताए ।



    उनले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको समेत बताए ।उनले कर्मचारीहरु दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको बताए ।



    प्रधानमन्त्री देउवाले स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेका बेलामा समेत देश विकास हुन नसकेको गुनासो गरे । उनले कर्मचारीहरुले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार