Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • कमेडियन अपूर्व क्षितिज सिंहलाई थुनामा राख्न म्याद थप्ने प्रहरीको तयारी

    कमेडियन अपूर्व क्षितिज सिंहलाई थुनामा राख्न म्याद थप्ने प्रहरीको तयारी

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 888
    SHARES

    काठमाडौं । नेवार समुदायको आस्था र रहन सहनमाथि आघात पुर्‍याएको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थुनामा राख्ने म्याद थपका लागि प्रहरीले प्रक्रिया अघि बढाएको छ ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले सिंहले अभद्र व्यवहारको कसूरमा थुनामा रहेका उनीमाथि अनुसन्धान नसकिएका कारण म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउन लागेको बताए ।



    यसअघि प्रशासनले उनलाई १० दिन थुनामा राख्न अनुमति दिएको थियो । त्यो १० दिनको म्याद सकिएकाले म्याद थप्न लागेको उनले बताए ।



    कमेडी क्याफे नामक युट्युब च्यानलमार्फत्उ नले गरेको कमेडी सार्वजनिक भएको थियो। उक्त कमेडी विवादमा परेपछि उनले माफी माग्दै हटाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार