Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना पर्वतबाट सिफारिस

    राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना पर्वतबाट सिफारिस

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 1.3K
    SHARES

    पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रतिनिधि सभा सदस्यका लागि पर्वतबाट सिफारिस भएका छन् ।

    नेकपा एमाले पर्वतको छैटौं बैठकले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनौट गर्ने क्रममा अध्यक्ष तिमिल्सिनाको नाम सिफारिस गरेको हो ।



    राष्ट्रिय सभामा अध्यक्ष तिमिल्सिनाको कार्यकाल अझै एक वर्ष भन्दा बढी रहेको भएपनि गृह जिल्लामा प्रत्यक्ष उम्मेदवार बन्ने इच्छा देखाएमा उम्मेदवार बन्न सक्ने भन्दै बैठकमा प्रस्ताव आएपछि उम्मेदवार सिफारिस गरिएको एमाले जिल्ला सचिव गोविन्द पहाडीले जानकारी दिए ।



    राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना उम्मेदवारीका लागि इच्छुक नरहेको तर संसदमा खेलेको भूमिकाको सम्मानस्वरुप नाम राखेर पठाउनुपर्ने कुरा उठेपछि नाम राखेर पठाइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार