एजेन्सी । मोरोक्कोको एउटा संसदीय समूहले महिलाहरूलाई रजस्वला भएको दिनमा तलबी बिदा दिनुपर्ने प्रस्तावसहितको विधेयक पेस गरेको छ ।
यो विधेयक पास भएमा महिलाहरूलाई यस्तो सुविधा दिने मोरोक्को जाम्बिया पछिको दोश्रो अफ्रिकी मुलुक बन्नेछ ।
कामकाजी महिलाहरूको अवस्थामा सुधार ल्याउने उद्देश्यले ‘सामाजिक न्याय’ नामक समूहले यो प्रस्ताव अघि सारेको हो ।
यसबाट महिला कर्मचारीहरूले कामबाट टाढै बस्दा सधैँ चिकित्सकीय प्रमाणहरू पेस गर्नु नपर्ने बताइएको छ ।
Leave a Reply