Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • बालकालिकाको अश्लील सामग्री बनाएको अभियोगमा दुईजना जेल चलान

    बालकालिकाको अश्लील सामग्री बनाएको अभियोगमा दुईजना जेल चलान

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । बाल यौनसम्बन्धी अश्लील सामग्री उत्पादन र वितरण गरेको अभियोगमा अमेरिकाको फ्लोरिडाका दुईजना पुरुषलाई संघीय कारागार चलान गरिएको छ ।

    मेलवर्नका क्रिस्चियन राइसलाई यस्ता सामग्रीको उत्पादन र वितरण लगायत तिनीहरूलाई साथमा राखेको अभियोगमा ३० वर्ष लामो कारवास सजाय सुनाइएको छ ।



    सो कैद भुक्तान गरिसकेपछि पनि पुनः २० वर्ष उनले यौन अपराधीको हैसियतले परीक्षण काल गुजार्नु पर्ने बताइएको छ ।



    ज्याक्सनभिल्ले निवासी ४७ वर्षीय रोवर्ट रिप्लीलाई पनि यसै अभियोगमा १४ वर्ष लामो संघीय कारावास सजाय र १० वर्ष यौन अपराधीको रूपमा परीक्षण कालमा बस्नुपर्ने सजाय तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार