काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैध र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने बताएको छ ।
कानूनविपरीत निर्माण भएको सम्पूर्ण संरचना अवैध रहेकाले नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका संरचना भत्काउने महानगरले जनाएको हो ।
संरचना निर्माणका सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरिने र गलत प्रमाणित भए थप कानूनी प्रक्रिया अघि बढाउन कामपाले जनाएको छ ।
त्यसका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको र उक्त सूचनाको बेवास्ता गरिएकाले अवैध संरचना भत्काउने काम शुरु गरेको महानगरले जनाएको छ ।
Leave a Reply