Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • पर्साको ठोरीमा भारतीय पक्षको आतंक

    पर्साको ठोरीमा भारतीय पक्षको आतंक

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 3.6K
    SHARES

    ठोरी। पर्साको ठोरीमा नेपाली पक्षले ३ बर्ष अघि बनाएको पुल हिजोबाट संचालनमा ल्याएपछि भारतीय पक्षले अवरोध सिर्जना गरेको छ।

    भारततर्फ पानी गएको कुलो पुरेको भन्दै भारतीय पक्षले पुल संचालनमा अवरोध गरेका छन्। अहिले त्यहा ठोरीका स्थानियहरु पुगेका छन्।



    हिजोबाट संचालनमा आएको पुलसँग जोडिएको सडक भारतीय पक्षले आजै भत्काइदिएको ठोरी ३ का वडा अध्यक्ष सुर्य लामाले जानकारी दिए।



    दशगजाभित्रै नेपाली भूमीमा बाटो खनेर पुल संचालनमा अवरोध सिर्जना गरेको उनीहरुले बताए। पुल भएको ठाउँबाट दुई वटा कुलो बनाएर एउटा सिंचाईको लागि नेपालतर्फ र अर्को भारततर्फ लगिएकोमा उनीहरुले दुईटै कुलो भारततर्फ लैजान पुल संचालनमा अवरोध गर्न खोजेको वडाध्यक्ष लामाले बताए।

    सीमा सुरक्षा बल सहित आएका भारतीय अधिकारीहरुले नेपालीहरुलाई हप्काई दप्काई गर्न खोजेपनि स्थानिय नेपालीहरुले प्रतिकार गरि उनीहरुलाई त्यहाँबाट पछि हट्न वाध्य बनाएका थिए। उनीहरुले भारतीयले खाल्डो खनेर भत्काएको बाटो समेत पुरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार