काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले महाभियोग सिफारिस समितिमा गलत बयान दिएको भन्दै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मानसिक स्वास्थ्य जाँच गर्न माग गरेका छन् ।
महाभियोग सिफारिस समितिले राणाको बयान लिइरहेको छ। यसअघि तीन दिनसम्म लिइएको बयान अब २५ गते लिँइदैछ। मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै महतले राणाले बयानका क्रममा शपथ खाँदाको अवस्थालाई बेवास्ता गरेको आरोप लगाए।
‘न्यायलयको बोझ सावित भइसकेका चोलेन्द्रले पूर्वाग्रही, आवेगमा आएर, स्मरण शक्ति गुमाएर, चरित्रहत्या गर्ने र कसैको जयजयकार गर्ने गरेकोले कानूनमा भएको व्यवस्थाअनुसार विशेषज्ञ चिकित्सकबाट उनको मानसिक स्वास्थ्य जाँच गर्न समितिको ध्यानाकर्षण गराउँछु’, महतले भने ।
सांसद महतले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजीनामा गरेर जाँदा प्रतिनिधि सभाको बोझ कम भएको समेत टिप्पणी गरे ।
Leave a Reply