काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रचोक, असनलगायत क्षेत्रमा रहेका सडक किनारका पसल हटाउन निर्देशन दिएको छ।
आइतबार नै २४ घन्टे समयसीमा दिएर पसल हटाउन भनेको महानगरले व्यवसायीले अहिलेसम्म पसल नहटाएको भन्दै तत्काल हटाउन पुनः भनेको हो।
महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा सञ्चालन भइरहेको पसल हटाउने अभियान सुरु गरेको छ ।
मापदण्ड विपरीत अनधिकृत रुपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाइरहेको महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल हटाउन सुरु गरेको छ ।
सडकका व्यापार व्यवसायले काठमाडौंको सौन्दर्यता पुरातात्विक धार्मिक एवं पर्यटन समेतलाई असर परिरहेको निष्कर्ष निकाल्दै महानगरले व्यापार व्यवसाय हटाउन लागेको हो।
महानगरले ईन्द्रचोकस्थित बंकेश्वर (सन्तानेश्वर) महादेव मन्दिर वरीपरी रहेका खास्तो व्यापार, भेडासिंगस्थित श्री भवानी शंकर मन्दिर नौदेवल (माटोको भाडा कुडा) लगाएत अन्य व्यापार व्यवसाय र असनस्थित ट्रान्सफर्रमर मूनि श्री उमा शंकर मन्दिरको दायाँ बायाँ (दुध डेरी) मा रहेको व्यापार व्यवसाय पसलहरू हटाउन भनेको छ।
असनका साँघुरा गल्लीका दुबैतिरको फुटपाथमै पसल थापेपछि यात्रुहरुलाई आउजाउ गर्न समस्या हुने गरेको छ ।
Leave a Reply