काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिप आज मंगलबारदेखि काठमाडौंमा हुँदैछ ।
प्रतियोगितामा नेपालसहित साविक विजेता भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी सात टिमले प्रतिस्पर्धा गर्दैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपालले भुटानको सामना गर्नेछ । खेल नेपाली समयअनुसार साँझ ५ः३० बजे हुनेछ ।
प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ ।
सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
Leave a Reply