Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • उम्मेदवारको आर्थिक र सामाजिक हैसियत खुलाउन माग गर्दै सर्वोच्चमा रिट

    उम्मेदवारको आर्थिक र सामाजिक हैसियत खुलाउन माग गर्दै सर्वोच्चमा रिट

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारको आर्थिक, सामाजिक र राजनीतिक तथा कानुनी विगत र वर्तमान अवस्थाको प्रस्ट विवरण पेस गरेर मात्रै उम्मेदवार बन्न पाउनुपर्ने माग गर्दैै सर्वोच्चमा रिट दायर भएको छ ।

    अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले उम्मेदवार बन्दा आर्थिक अवस्था र सामाजिक अवस्था प्रस्ट खुल्नेगरी निर्वाचन आयोगले कार्य गर्नुपर्ने माग राख्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।



    निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर रिटमा उम्मेदवारको प्रस्ट विवरण माग्नुपर्ने त्यस्तो विवरण गलत वा झुट्टो भएमा उम्मेदवार एवं निर्वाचित पद समाप्त हुनेगरी कानुनी संरचना तयार गर्न आवश्यक पर्ने कार्य गर्नु भनी परमादेशको माग गरेका छन् ।



    त्यस्तै, राजनीतिमा भएको अपराध र अपराधको राजनीतीकरण रोक्न व्यापक अध्ययन अनुसन्धान गरी कानुनी संरचना गर्न आवश्यक पर्ने कार्य गर्नुपर्ने रिट निवेदनमा माग गरेका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार