काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्ूदैछ । सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज बेलुकी ६ बजे पुनः बैठक बस्न लागेको हो ।
आजको बैठकले सिट बाँडफाँट टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी छ । आजको बैठकले जसरी पनि सिट बाँडफाँट टुंगो लगाउने कार्यदलको दाबी छ ।
सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिजोको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो ।
दललाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई हेरी सबैलाई सम्मानजनक हुने गरी सिट बाँडफाँट वैज्ञानिक तरिकाले हुने बताइएको छ ।
Leave a Reply