काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको आजको बैठक पनि निष्कर्षविहीन सकिएको छ । बालुवाटारमा झन्डै पाँच घण्टा बसेको बैठकमा सिट बाँडफाँटबारे कुनै सहमति नगरी टुंगिएको हो ।
सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको जानकारी दिए । उनले बैठकमा भोलि जसरी पनि निष्कर्षमा पुग्ने सहमति भएको बताए ।
दललाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई हेरी सबैलाई सम्मानजनक हुने गरी सिट बाँडफाँट वैज्ञानिक तरिकाले हुने बताइएको छ ।
उनले कार्यदलको बैठक भोलि बेलुकी ६ बजे फेरि बस्ने र आफ्नो जिम्मेवारी टुङ्ग्याउने बताए ।
Leave a Reply