Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सुरक्षा गार्डलाई रिहा गरिदिन मैले नै भनेको हुँ : मन्त्री श्रेष्ठ

    सुरक्षा गार्डलाई रिहा गरिदिन मैले नै भनेको हुँ : मन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 966
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको सचिवालयले थुनामा रहेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई थुनामुक्त गर्न गर्न गृहमन्त्रालयलाई आग्रह गरेको बताएका छन् ।

    सोमबार मन्त्री श्रेष्ठका स्वकीय सचिव भीम रावहाकले विज्ञप्ति जारी गर्दै मन्त्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका गरूड सेक्युरिटिजका सुरक्षागार्ड शेरजंग गुरूङले प्रहरीसमक्ष माफी मागेको बताए।



    उनले प्रहरीसमक्ष गल्ती महशुस गरिसकेको भन्दै नियन्त्रणमुक्त गरिदिन गृहमन्त्री बालकृष्ण खाँणलाई आग्रह गरेका हुन्।  गत शुक्रबार ठमेलस्थित छायासेन्टरको भिएफएसमा बायोमेट्रिक्सको कामले पुगेको बेलामा मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेका थिए।



    त्यसै विषयलाई लिएर उनीमाथि अभद्र व्यवहारको मुद्दामा पाँच दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप भएको थियो।

    गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार