काठमाडौं । पूर्व सुरक्षाकर्मी परिषद् नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको राजीनामा माग गरेको छ।
मन्त्री श्रेष्ठले ठमेलस्थित भीएफएस ग्लोबलको सुरक्षामा खटिएका सुरक्षागार्ड शेरजंग गुरुङमाथि राज्यशक्तिको दुरुपयोग गरेर जेल हालेको भन्दै परिषदले राजीनामा माग गरेको हो।
शुक्रबार सुरक्षामा खटिएका गरुड सेक्युरिटिज गार्डका सुपरभाइजर ५१ वर्षीय गुरुङमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ।
सोही आरोपमा गुरुङ यतिवेला प्रहरी हिरासतमा छन्।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परिषद्का अध्यक्ष कोमलबहादुर राउतले गुरुङमाथि राज्यले गरेको व्यवहार निन्दनीय कार्य भएको बताए।
कामको सिलसिलामा कार्यालयको नियमानुसार चल्दा सुरक्षाकर्मी अपहेलित हुनुपरेको बताए।
उनले मन्त्री श्रेष्ठ पनि दोषी हो भन्दै उनलाई पनि कठघरमा हालेर छानबिन गर्नुपर्ने माग गरे। परिषद्का केन्द्रीय सदस्य विक्रम पाण्डेले गुरुङमाथि कारबाही गरेर राज्यले सम्पूर्ण सुरक्षाकर्मीको अपमान गरेको आरोप लगाए।
Leave a Reply